संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा नाउपाका एक मन्त्री थप

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा नाउपाका एक मन्त्री थप

    संघारी न्युज
    २८ फाल्गुन २०८०
    1.4k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । माओवादी र एकीकृत समाजवादीले शाहलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी आफु नेतृत्वको सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् । उनले केहीबेरअघि मात्र पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ ।

    गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com