संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

    सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

    संघारी न्युज
    २ चैत्र २०८०
    1.5k
    Shares

    कैलाली । सुदूरपश्चिमका नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले शुक्रबार पदभार ग्रहण गरेका छन्। नयाँ गठबन्धनको सरकारले प्रदेश प्रमुख देवराज जोशीलाई हटाएर मियाँलाई नियुक्त गरेपछि उनले आज प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

    पदभार ग्रहणपछि उनले प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे। उनले भने, ‘म प्रदेशमा रहँदासम्म इमान्दारिताका साथ काम गर्नेछु। कसैसँग पक्षपात गर्नेछैन। सम्पूर्ण जनतालाई समान ब्यवहार गर्नेछु ।’

    नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com