संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अत्याधुनिक सेवासहित संजीवनी अस्पताल संचालनमा

    अत्याधुनिक सेवासहित संजीवनी अस्पताल संचालनमा

    संघारी न्युज
    ४ चैत्र २०८०
    7.3k
    Shares

    कैलाली । कैलाली स्थित धनगढीमा रहेको संजीवनी अस्पताल अत्याधुनिक सेवासहित संचालनमा आएको छ । सो अस्पताल धनगढी उपमहानगरपालिका ५ हसनपुर नेपाल राष्ट्र बैंक चोकमा सञ्चालनमा आएको हो ।

    अस्पतालले धनगढी उपमहानगरपनलिकाबाट १५ बेडको अस्पताल संचालन स्वीकृत पाएपछि यहि चैत १ गतेदेखि पूर्णरुपले सञ्चालनमा आएको अस्पतालका वरिष्ट फिजिसियन डा. सुमन चौधरीले जानकारी दिए ।

    डा. चौधरीका अनुसार संजीवनी अस्पलातमा अत्याधुनिक ल्याव, फार्मेसी, एक्सरे, भिडियो एक्सरे सेवा र २४औं घण्टा इमर्जेन्सी सेवा सुचारु छ ।

    उनले अस्पतालमा सम्पूर्ण विशेषज्ञसेवा उपलब्ध रहेको बताउँदै यस अस्पतालमा फिजिसियन लगायत जनरल सर्जरी, स्त्री तथा प्रसुति सेवा, बालरोग, नाक कान घाँटीको समस्या, हाडजोर्नी तथा नसा रोग र दन्त्तरोगको उपचार र परामर्श सेवा उपलब्ध रहेको बताए ।

    अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले चाडै नै भेन्टिलेटर सहितको आइसीयू, एनआईसीयू सेवापनि उपलब्ध गराउने तयारीमा रहेको डा. चौधरीले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com