कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक आह्वान गरिएको संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म काँध थापेको छ । अहिले प्रदेश सरकारमा नाउपाका सात सांसद मध्ये पाँच जना मन्त्री छन् ।
केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि प्रदेशमा कांग्रेस नेतृत्वको सरकार धर्मराएको हो । तर, अहिले सम्म पनि प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नाउपाले समर्थन फिर्ता लिएको छैन । आज समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय हुने नाउपाका नेताहरूले दाबी गरेका छन् ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । यी दुई दल मिल्दा पनि सुदूरपश्चिम प्रदेशमा राप्रपाका १ र स्वतन्त्र १ सांसद निर्णायक हुन्छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै