कञ्चनपुर । सुरक्षित अवासकालागि शुक्लाफाँटा नगरपालिकाले साढे दुईसय परिवारलाई अनुदान दिएको छ । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउन नगरपालिकाले सुरक्षित आवास निर्माणको लागि अनुदान रकम उपलव्ध गराएको हो।
पालिकाले पराल, खर, स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गर्दै आईरहेको छ । सो कार्यक्रम अन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
पहिलो चरणमा प्रथम किस्तावापत एक सय ११ परिवार, दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलव्ध गराइएको पालिकाले जानकारी दिए ।
पालिकाले छाना फेर्न अधिकतम रु ५० हजार दुई किस्तामा उपलब्ध गराउने प्रावधान बनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै