संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीबाट काठमाडौ उडेको जहाज अढाई घण्टापछि भैरहवामा अवतर

    धनगढीबाट काठमाडौ उडेको जहाज अढाई घण्टापछि भैरहवामा अवतर

    संघारी न्युज
    १५ चैत्र २०८०
    2.1k
    Shares

    कैलाली । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

    बिहान ७ : १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन । आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो ।

    ८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।

    श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको हो ।

    अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाण्डौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए ।

    धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टा फन्को लगाएको थियो । यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो ।

    त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो । यात्रुहरु निकै आत्तिएका थिए । यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com