संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष श्रेष्ठको ह्विप

    सुदूरपश्चिम मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष श्रेष्ठको ह्विप

    संघारी न्युज
    २१ चैत्र २०८०
    1.4k
    Shares

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन्। अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएकाले पार्टी अध्यक्षले नै ह्विप जारी गरेको बताएकी छिन्।

    ‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

    मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन्। सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com