संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नाउपा सांसद गिरीको कारवाही रोकिदिन सभामुखलाई कांग्रेसको आग्रह

    नाउपा सांसद गिरीको कारवाही रोकिदिन सभामुखलाई कांग्रेसको आग्रह

    संघारी न्युज
    २२ चैत्र २०८०
    2.8k
    Shares

    कैलाली । नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ । कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् ।

    बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका हुन् । ‘उहाँलाई कारवाही गर्दा राम्रो सन्देश जादैन । अहिले त्यो कुरालाई थाती राखिदिन सभामुखज्यूलाई उहाँ (देउवा) ले आग्रह गर्नुभएको हो’, सभामुख निकट स्रोतले भन्यो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com