नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमीश्वर खनालले जनाएका छन्।
प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ। उनी नेकपा ९एमाले०, नेकपा ९एकीकृत समाजवादी० लगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
शुक्रबार नै महराले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। उनले ४४ जना सांसदको हस्ताक्षर बुझाएका थिए।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशको समीकरणमा पनि फेरबदल आएको हो। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले बिहीबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्रीमा नियुक्त महरा लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेका थिए। उनले मुख्यमन्त्रीकै लागि प्रतिनिधि सभा सदस्य छोडेर प्रदेश सभा सदस्यको चुनाव लडेका थिए।
२०७९ सालको चुनावमा उनी रोल्पा १ ‘क’ निर्वाचित भएका हुन्। प्रदेश सभा निर्वाचनमा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० मतान्तरले पराजित गरेका थिए।
महरा रोल्पाको सुनीलस्मृति गाउँपालिका(५ का बासिन्दा हुन्। २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी माओवादी स्थायी समिति सदस्य छन्।
यसअघि उनी लुम्बिनी प्रदेशको अर्थमन्त्री बनेका थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै