संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

    उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

    संघारी न्युज
    २४ चैत्र २०८०
    1.4k
    Shares

    कैलाली । आउँदो वैशाख १५ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।

    प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ क मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्न लागेको हो।

    आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। आजै बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने भएको छ।

    उम्मेदवार विरुद्ध उजुरी दिन आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ। त्यसको भोलिपल्ट उजुर उपर जाँचबुझ गरिने आयोगले जनाएको छ। त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।

    आयोगले चैत २७ गते दिउँसो १ बजेसम्म उम्मेदारी फिर्ताको समय तोकेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशिन गरिनेछ। त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ।

    वैशाख १५ गते चुनाव हुनेछ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइनेछ।

    इलाममा नेपाली कांग्रेसले डम्बरबहादुर खड्का, नेकपा ९एमाले०ले सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बू, जसपाले प्रेमदिप थाम्सुहाङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने तय गरेको छ। त्यस्तै, डकेन्द्र थेमिग लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनलाई नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ।

    यसैगरी, बझाङमा कांग्रेसले अभिषेक सिंह र एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com