संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बझाङ प्रदेश सभा १ मा १२ जनाको उम्मेदवारी दर्ता

    बझाङ प्रदेश सभा १ मा १२ जनाको उम्मेदवारी दर्ता

    संघारी न्युज
    २४ चैत्र २०८०
    1.5k
    Shares

    कैलाली । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
    साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्नेको संख्या १२ जना पुगेको निर्वाचन कार्यालयका प्रदेश प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
    उनका अनुसार नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, अशोक सुनार, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्र्रीको उम्मेदवारी दर्ता भएको छ ।
    राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको भट्टले बताए ।
    त्यसैगरि राष्ट्यि प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्का र जनमत पार्टीबाट शुशिलादेवी विष्टले उम्मेदवारी दिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com