संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ‘दोहोरो दाबी’ले सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा सकस

    ‘दोहोरो दाबी’ले सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा सकस

    संघारी न्युज
    २ बैशाख २०८१
    1.1k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले दाबी पेश गरेपछि मुख्यमन्त्री नियुक्तिमा सकस भएको छ ।

    आइतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सकस भएको हो ।

    लक्ष्मणकिशोर नाउपाको रेशम चौधरी पक्षधर हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् ।

    रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादी समर्थन छ भने कैलाश चौधरीलाई एमाले र माओवादी र स्वतन्त्र ।

    एउटै पार्टीबाट दुई जनाको दाबी पेश भएपछि मुख्यमन्त्री नियुक्ति आज नहुने नेपाली कांग्रेसका प्रमुख सचेत विक्रमसिंह धामीले जानकारी दिए ।

    उनका अनुसार प्रदेश प्रमुख मियाँले अब अध्ययन गरेर मात्रै प्रदेश प्रमुखले निर्णय लिनुहुन्छ, मुख्यमन्त्री नियुक्तिको लागि उहाँले दुई दिनको समय दिएअवधि तोकेका छन् ।

    उता नाउपाका अध्यक्ष श्रेष्ठले प्रदेश प्रमुखको कार्यालय पुगेर पार्टीको आधिकारी निर्णयले कैलाश चौधरीलाई अगाडी सारेको बताएका छिन् ।

    नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेपछि अध्यक्ष श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेकी हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com