कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र स्वतन्त्र सांसदले समर्थन गरेका छन्।
प्रदेश प्रमुख मियाँले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।
सत्तारूढ गठबन्धनबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति बनेको थियो। एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। तर एमालेका स्थानीय नेताले सोडारीको नाममा असहमति जनाउँदा विवाद उत्पन्न भएको थियो। एमाले केन्द्रको हस्तक्षेपछि प्रदेशमा सहमति जुटेको हो।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५१ सांसद छन्। बझाङ १ ‘क’ मा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। अहिले बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा एमाले र माओवादीका सभामुख बाहेक १०-१० सांसद छन्। त्यस्तै, एकीकृत समाजवादीका चार र नाउपाका सात सांसद छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद मात्रै समर्थनमा देखिएका छन्। त्यस्तै, स्वतन्त्र एक सांसद गरी २७ सांसद पुग्छन्।
विपक्षमा कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै