कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिवार शपथ ग्रहण गराइएको हो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना , प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो । शपथ ग्रहण पछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानुनमा टेकेर अगाडी बढ्ने बताए ।
को हुन् मुख्य न्यायाधिवक्ता शाही
२०३१ साल असोज १० गते नरबहादुर शाही र मानमती देवी शाहीबाट गन्यापधुरा गाउँपालिका डडेल्धुरामा जन्मिएका शाहीले नेपाल ल क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट बिएल पास गरेका छन् ।
२०६२ साल देखी निरन्तर कानुनी पेसामा रहेका उनी यस अघि राष्ट्रिय आभास कम्पनी लिमिटेड र चिया तथा कफी विकास बोर्डको कानुनी सल्लाहकार रहेका थिए । शाही उच्च अदालत पाटनका वैतनिक वकिल रहेका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै