संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बृद्धि

    कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बृद्धि

    संघारी न्युज
    ९ जेष्ठ २०८१
    1.2k
    Shares

    कैलाली । गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार यस वर्ष चार हजार पाँचसय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा ७२ हजार एकसय ३० मेट्रिक टन उत्पादन भएको छ ।

    गत वर्ष भने चार हजार पाँचसय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सातसय ६० मेट्रिक टन उत्पादन भएको थियो । यो तथ्यांकले गत वर्षको तुलनामा यस वर्ष चार हजार तीनसय ७० मेट्रिक टन बढी आलु उत्पादन बढि भएको हो ।

    “यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यस पटक हिउँदमा हुस्सु पनि लागेन” उनले भने “हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादनमा वृद्धि भयो ।”

    किसानलाई व्यावसायिक आलुखेतीमा प्रेरित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदैआएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com