कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले ‘सञ्चार गृह पत्रकारिता सम्मान’ पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई प्रदान गरेको छ ।
पत्रकार उपाध्यायलाई सुदूर पश्चिमको पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्वाह गरेको योगदानको कदर गर्दै महासङ्घ प्रदेश समितिले तेस्रो अधिबेशन तथा चौथौ साधारण सभामा सो सम्मान गरेको हो ।
सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पत्रकार उपाध्यायलाई कदरपत्र र दोसल्लासहित सम्मान गरेका थिए ।
प्रतिकूल आर्थिक अवस्थाका बाबजुद रङ्गिन दैनिक पत्रिका, एफएम रेडियो र अनलाइन सञ्चालन गरेर सुदूरपश्चिममा व्यावसायिक पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न उनले निर्वाह गरेका योगदानको सम्मान गर्दै प्रदेश समितिले सम्मान गरेको हो ।
अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उपाध्यायको नेतृत्वमा सुदूरपश्चिमको एक मात्र ब्रोडसीट रङ्गिन दैनिक पत्रिका पश्चिम टुडे , एक हजार वाट क्षमताको रेडियो पश्चिम टुडे र पश्चिम टुडे अनलाइन न्यूज पोर्टल सञ्चालनमा छ ।
उपाध्याय नेपाल पत्रकार महासङ्घ कैलाली र सामुदायिक रेडियो प्रसारक सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिले साधारण सभामा पत्रकार सिद्धराज भट्ट, पत्रकार अर्जुन शाह, राजेन्द्रनाथ, निमेन्द्र शाही, हेमन्ती चौधरी, कर्ण शाह र सुदूरपश्चिमका सर्वाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई समेत सम्मानित गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै