संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पूर्वी र पश्चिमी पहाडमा वर्षाको सम्भावना

    पूर्वी र पश्चिमी पहाडमा वर्षाको सम्भावना

    संघारी न्युज
    १२ जेष्ठ २०८१
    1.2k
    Shares

    स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका पूर्वी र पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेकोल छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

    त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने विभागको आकलन छ। त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com