संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एक महीनामा भित्रिए ९० हजार पर्यटक

    एक महीनामा भित्रिए ९० हजार पर्यटक

    संघारी न्युज
    २० जेष्ठ २०८१
    1.1k
    Shares

    गत एक महीनामा ९० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।

    नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत मे महीनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल आएका हुन्। सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६।१० प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। सन् २०२३ को मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए।

    कोभिड १९ महामारीपूर्व ७८ हजार ३०० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटकको आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रूपमा भारत र अमेरिकाबाट धेरै संख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रूपमा पर्यटक बढेका छैनन्,” लामिछानेले भने।

    गत महीना झैं यस पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यस अवधिमा चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com