एजेन्सी । भारतमा लोकसभा निर्वाचनको मतगणना शुरू भएको छ भने प्रारम्भिक गणनामा भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको गठबन्धनले अग्रता लिएको छ।
लोकसभाका ५४३ सीटमध्ये ५३५ सीटमा मतगणना शुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सीटमा अग्रता लिएको छ।
त्यस्तै, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २१५ सीटमा अग्रता लिएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको त्रिमूल कंग्रेसले १७ सीटमा र अन्य दलले नौ सीटमा अग्रता लिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी वनारस सीटमा ६ हजार मतले पछाडि परेका छन्। प्रारम्भिक गणनामा मोदीले पाँच हजार २५७ मत पाएका छन् भने कंग्रेसका उम्मेदवार अजय रायले ११ हजार ४८० मत पाएका छन्।
त्यस्तै, भाजपा नेता गृहमन्त्री अमित शाहले गुजरातको गान्धीनगर सीटमा अग्रता लिएका छन्। उनी ३५ हजार मतले अगाडि छन्।
कंग्रेस नेता राहुल गान्धीले पनि उत्तर प्रदेशको राइबरेली र केरलको वायनाड सीटमा अग्रता लिएका छन्। उनी दुई सीटमा चुनाव लडेका थिए।
वैशाख १८ देखि शुरू भएको भारतको चुनाव जेठ १९ मा सकिएको थियो। आज सबै क्षेत्रमा मतगणना भइरहेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै