संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    देशभर आंशिक बदली,यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    देशभर आंशिक बदली,यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    संघारी न्युज
    २५ जेष्ठ २०८१
    1.3k
    Shares

    जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेको छ ।

    हाल नेपालमा स्थानीय वायु, र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक(दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com