डोटी । गाउँपालिका र निर्माण कम्पनीबीचको आन्तरिक विवादले डोटीको आदर्श गाउँपालिका(६ खतेडास्थित सौर्य उर्जा प्लान्ट सञ्चालनमा नआउँदा २ सय ८६ परिवार एक महिनादेखि अन्धकारमा छन् ।
प्लान्ट बन्द भएपछि विद्युत् उपभोग गर्दै आएका २ सय ८६ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । विद्युत् आपूर्ति बन्द हुँदा २ कुटानी पिसानी मिल, विद्यालय, गिरीचौका स्वास्थ्य चौकी, सिलाई सेन्टर, स्वास्थ्य क्लिनिक र स्थानीय पसलहरूसमेत प्रभावित भएको वडाध्यक्ष लाल बहादुर खडायत बताउँछन् ।
भुक्तानीको विषयलाई लिएर दुई पक्षबीच विवाद आउँदा निर्माण कम्पनीले गत वैशाख २८ गतेदेखि विद्युत् आपूर्ति बन्द गरिदिएको छ । भुक्तानी नभएसम्म आपूर्ति सुचारु नगर्ने अडान निर्माण कम्पनी घाम पावर प्रालिको छ । निर्माण कम्पनी घाम पावर प्रालिका प्रतिनिधि जीवन तोयनाले पटक पटक सम्झौता अनुसार पाउनु पर्ने २४ लाख रुपैयाँ दिन आनाकानी गरेपछि बाध्य भएर विद्युत आपूर्ति बन्द गरेको दाबी गरे ।
तर गाउँपालिकाले भने निर्माण सम्पन्न भइसकेपछि निर्माण कम्पनीले अनुगमन नै नगराइ भुक्तानी मागेको आरोप लगाउँदै आएको छ । विद्युतका पोल मापदण्ड अनुसार नगाडेको, निःशुल्क वितरण गर्नुपर्ने चिमको पैसा उठाइएको तथा गुणस्तरीय काम नगरेको गुनासो पालिकामा आएपछि सो काम सुधार्न सुझाव दिँदा पनि नटेरेपछि अन्तिम निकासा नदिइएको गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले प्रष्ट्याए ।
‘निर्माण कम्पनीको कार्यालयमै कमीकमजोरी सुधारेर भुक्तानी लैजानुस भन्दा उहाँहरु नै सहमत हुनुभएको थियो,ु अध्यक्ष खड्काले भने, ‘म काठमाडौंबाट फर्कन पाएको छैन यता अपरेटरले विद्युत् आपूर्ति रोक्यो भन्ने सुने ।’ उनले संयुक्त अनुगमन पछि मात्र भुक्तानी प्रक्रिया अघि बढ्न सक्ने बताए ।
गाउँपालिकाले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंलाई पत्र लेखी जेठ मसान्तसम्म भुक्तानी दिने प्रतिबद्धता भने गरेको छ । निर्माता कम्पनी घाम पावर प्रालिका प्रतिनिधि तोयना पत्र आइसकेपछि कम्पनी र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच छलफल भएपनि भुक्तानी भएपछि मात्र विद्युत् सुचारु गर्ने बताए ।
आदर्श गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा गाउँपालिकाको वडा नम्बर ६ खतेडामा ८० किलोवाट क्षमताको सौर्य उर्जा प्लान्ट स्थापना भएको थियो । २०७७ सालदेखि सौर्य उर्जा निर्माण प्रक्रिया सुरु भई २०७९ साल चैत्र ६ गते विद्युत् आपूर्ति सुरु भएको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै