कैलाली । कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार सात सय ९७ मेट्रिकटन उत्पादन भएको थियो । यसवर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले जानकारी दिए ।
गत वर्षको तुलनामा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको उनले बताए । केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो ।
जिल्लामा यसवर्ष तोरी ९एकल बाली० ६ हजार ४ सय १० र तोरी ९घुसुवा बाली० सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । तोरी ९एकल बाली० ८ हजार ६ सय २० मेट्रिकटन र तोरी ९घुसुवा बाली० ५ हजार ३ सय ४० मेट्रिकटन गरी कूल १३ हजार नौ सय ६० मेट्रिकटन उत्पादन भएको छ ।
गत वर्ष १३ हजार ९ सय ५१ हेक्टरमा तोरी खेती गरिएको थियो । यसवर्ष ९० हेक्टर क्षेत्रफलमा आलस खेती गरिएकामा ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै