संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    आज सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    संघारी न्युज
    १९ असोज २०७९
    1.2k
    Shares

    काठमाडौं । विजया दशमीको दिन आज देशभर मौसम बदली रही वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दक्षिण(पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली वर्षा भइरहेको छ।

    दिउँसो र राति पनि देशभर मौसम बदली रही वर्षाको सम्भावना रहेको छ। मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    वर्षाका कारण भू(क्षय, पहिरोको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com