संघीय संसद् भवनमा ड्यूटीमा रहेका एक प्रहरी जवान बुधबार बिहान मृत भेटिएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको शौचालयमा प्रहरी जवान अजित गोले मृत भेटिएका हुन्। उनको निधारमा गोली लागेको छ।
उनी संसद् भवनको २ नम्बर गेटमा ड्यूटीमा थिए। उनी आज बिहान ८ बजे २ नम्बर गेट नजिकैको शौचालयमा मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रमुख वसन्त रजौरेले बताए।
प्रहरी जवान गोलेले आफैलाई गोली हानेको एसएसपी रजौरेको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
दोलखाको मेलुङ गाउँपालिका ४ का प्रहरी जवान गोलेको नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल, कपनमा दरबन्दी थियो। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद् सुरक्षा बेस, नयाँबानेश्वरमा कार्यरत थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै