कैलाली । कैलाली स्थित भजनी नगरपालिकाको वडा १ र ९ मा बस्दै आईरहेको बाढीपीडितको बस्तीमा डोजर चलेको छ । वन डिभिजन कार्यालय पहलमानपुरले बाढीपीडितका नाममा बस्दै आएका झन्डै पाँच सय परिवारको घरमा डोजर चलाएर २० हेक्टर (३० बिघा) क्षेत्र खाली गराएको हो ।

सो क्षेत्रमा मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको समेत आग्रहमा ३५ र सात दिने सूचना जारी गरेर बाढी पीडितका नाममा जङ्गलमा बस्दै आएकालाई हटाइएको वन डिभिजन कार्यालयले जनाएको छ ।
वन डिभिजनले स्थानीय तहसँग कुनै समन्वय नगरी डोजर चलाएको भन्दै भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले आपत्ति जनाएका छन् । उनले वर्षाको बेला विकल्प नदिई डोजर चलाएकोमा दुख लागेको बताए ।
वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको नगर प्रमुख चौधरीले जानकारी दिए । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घर टहरा भत्काएको हो ।
भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा ३, ५, ७ र ९ का बासिन्दा बाढी पीडित भन्दै बस्दै आएका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै