मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा २५ बालबालिकाको ज्यान गएको छ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर बुधबारसम्म २५ बालबालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै, १९ बालबालिका घाइते छन्।
मनसुनी विपद्का घटनामा परी अहिलेसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए। यस अवधिमा बाढी र पहिरोमा परेर पाँच जना हराइरहेका छन्। जसमा तीन महिला र दुई पुरुष रहेको डीआईजी कार्कीले बताए।
गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो। अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको छ।
बाढी र पहिरोमा परेर १०६ जना घाइते छन्। ३८४ पशुचौपाया मरेका छन् भने १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरीको तथ्यांक छ।
अविरल वर्षापछि आएको बाढीका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, १६१ घर डुबानमा परेको र ११६ रोपनी जग्गा पुरिएको प्रहरीले जनाएको छ।
बाढी, पहिरो र डुबानका कारण दुई हजार ९५४ परिवार विस्थापित छन्। उनीहरू आफन्त तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन्। अहिलेसम्म मनसुनी विपद्बाट १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै