नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।
यस उपधारा अनुसार प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रबार प्रधानमन्त्री पदका लागि दाबी पेश गरेका थिए। उनले एमाले र कांग्रेसका गरी १६५ सांसदको समर्थन रहेको देखाएका थिए।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन्। २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका ओली, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। उनले आइतबार बेलुका ५ बजेसम्मको समय दिएका थिए।
समयावधि सकिएसँगै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै