संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    २४ औँ कमैया मुक्ति दिवस : कैलालीका स्थानीय तहले दिए सार्वजनिक बिदा

    २४ औँ कमैया मुक्ति दिवस : कैलालीका स्थानीय तहले दिए सार्वजनिक बिदा

    संघारी न्युज
    २ साउन २०८१
    1.5k
    Shares

    धनगढी । कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लास्थित स्थानीय तहहरूले बुधबार सार्वजनिक बिदा दिएका छन् । २४ औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन् ।

    कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएका छन् ।

    कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए ।

    पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो । राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्‍यो । ३२ हजार ५०९ कमैयाहरू मुक्त भए । बुधबार दिवसको अवसरमा पालिका स्तरमा भेला, र्‍याली, अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईरहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com