संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पूर्व राज्यमन्त्री रायको हत्या

    पूर्व राज्यमन्त्री रायको हत्या

    संघारी न्युज
    ७ साउन २०८१
    1.4k
    Shares

    पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या गरिएको छ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिका १, रत्नपुरस्थित निवासमै गए राति रायको हत्या भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। ८० वर्षीय राय राति ११स्३० बजे धारिलो हतियार प्रहार गरेर हत्या भएको श्रेष्ठले जानकारी दिए।

    उनी मलंगवामा बस्द आएका छन्। आइतबार मात्रै रत्नपुर आएको स्थानीय बासिन्दाले बताए। रत्नपुरमा पुरानो घर र खेतीपाति छ। त्यसकै लागि उनी आउने जाने गर्दै आएका थिए।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय सदस्य समेत रहेका रायको टाउकोमा धारिलो हतियार प्रहार गरिएको श्रेष्ठले बताए। प्रहरी टोली गए राति नै घटनास्थल पुगेको र अनुसन्धान भइरहेको उनले बताए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com