संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राज्यमन्त्री चौधरी कैलाली पुगे, देशको अहितमा हुने काम नगर्न आग्रह

    राज्यमन्त्री चौधरी कैलाली पुगे, देशको अहितमा हुने काम नगर्न आग्रह

    संघारी न्युज
    १९ साउन २०८१
    1.4k
    Shares

    कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले कैलाली पुगेर मतदाताहरुलाई भेटघाट गरेका छन् । भेटघाटको क्रममा उनले आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्न सबैमा आग्रह समेत गरेका छन् ।

    शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन् ।

    उनी शनिबार बिहानै कैलाली पुगेका हुन् । बधाई तथा शुभकामना दिन आइपुगेका पार्टीका नेता तथा कार्यकर्ता र मतदातालाई उनले भने, ‘म आज बधाई लिन आएको हैन । मलाई आफ्नो अमूल्य मत दिएर मन्त्रीको पदमा पुर्‍याउने तमाम मतदाताहरूलाई बधाई दिन आएको हुँ । मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र म प्रतिको आशा केके छन् ? सोध्न आएको हुँ । तपाईँको लागि मैले राज्यमन्त्रीको भूमिकामा रहेर गर्नुपर्ने कामहरूको लिष्ट तयार पार्न आएको हुँ ।’

    राज्यमन्त्रीमा नियुक्त भएकाले कार्यकारी भूमिका नरहेको हुँदा धेरै काम गर्न सक्ने स्थिति नभए पनि संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

    ‘सबै जनालाई मेरो अनुरोध छ । मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजको लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरूका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्’, राज्यमन्त्री चौधरीले भने, ‘म राम्रो कामका लागि हरेक मानिसहरूसँग सहकार्य गर्न सधैँ तयार छु । गलत कामका लागि जो कोही होस्, कहिल्यै पनि हात मिलाउँदिन ।’

    ‘मेरो काम बजेट बाँड्ने हैन । बजेटको कार्यान्वयनको अवस्था के छ ? भनेर अध्ययन अनुगमन गर्ने हो । कहाँ कहाँ बजेट हाल्नु पर्नेछ ? कहाँ कसरी काम गर्नुपर्नेछ ? मन्त्रालय मातहतमा भएर काम गरिरहेका कहाँ कमीकमजोरी भएको छ ? भनेर अध्ययन गर्ने, अनुगमन गर्ने हो’, चौधरीले भने, ‘राज्यमन्त्रीले केही गर्दैनन्, केही गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन गरेर आफ्नो अधिकारको अधिकतम प्रयोग गरेर दत्तचित्त र इमानदारिताका साथ काम गर्नेछु ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com