कैलाली । पश्चिमा थारु समुदायमा विगत १५ वर्षदेखि संस्थागतरुपमा मनाउदै आईरहेको गुरही पर्वमा सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय विदा दिनुपर्ने माग गरिएके छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ८ गुरही चोकमा भव्यरुपले मनाउँदै आईरहेको सो पर्वको अवसरमा सरकारले विदा दिनुपर्ने गुरही असरैना कार्यक्रम मुल आयोजक समितिको माग छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलन गरि गुरही कार्यक्रमको तयारी पुरा भएको जानकारी दिदै विदाकोपनि माग गरेका हुन् । गुरही कार्यक्रम यो वर्ष फरक तरिकाले मनाउँने तयारी भईरहेको बाचचित घरको बरघरिया ठाकुरप्रसाद करियाप्रधानले जानकारी दिए ।
उनले पछिल्लो समयमा थारु समुदायमा सिकलसेल एनिमिया रोगको विरामी एकदमै बढीरहेकोले उहाँलाई रगतकोलागि सहजता होस् भन्ने उदे्श्यकासाथ गुरही पर्वको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको बताए । भोली विहान ७ बजेदेखि दिउसो १२ बजेसम्म रक्तदान कार्यक्रम रहेको छ । साथै सावन २५ गते गुरही चोकमा गुरही अस्रैना र सांस्कृतिक कार्यक्रमको आयोजना रहेको मुल आयोजक समितिले जानकारी दिए ।
गुरही पर्वलाई भव्य बनाउन सखी संजाल कैलाली, थारु कल्याणकरिणी सभा धनगढी नगरपालिका समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिला सभा कैलाली, थारु महिला सञ्जाल, थारु विद्यार्थी समाज, थारु लेखक संघ, हिरगर साहित्य बगाल, बाचचित घर धनगढी, हमार फाउन्डेसन धनगढी ओ थारु नागरिक समाजलगायत संघसंस्थाको संयोजन रहेको छ ।
सखी संजाल कैलालीका कार्यवाहक संयोजक उन्नती चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन भएको हो । उनका अनुसार कार्यक्रमलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नको लागि जिल्ला प्रसासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक कार्यालयलगायत निकायसंग सुरक्षाकोलागि समन्वय समेत भईसकेको छ । गुरही अस्रैना कार्यक्रमलाई व्यवस्थित बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीले सुरक्षाकोलागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको बताईन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै