कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्य न्याधिवक्तामा ठेकन्द्रराज जोशी पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिएका छन् ।
’प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै