कैलाली । करिब चार महिनापछि नागरिक उन्मुक्ति पार्टीका सबै सांसद एक ठाउँमा उभिएका छन् । बुधबार भएको प्रदेश सभाको बैठकमा सबै सांसद सत्ता पक्षको बेन्चमा बसेका थिए । त्यसअघि दीर्घ सोडारी नेतृत्वको सरकारमा भने २ सांसद सत्ता पक्षको बेन्चमा बस्दा ५ सांसद प्रतिपक्षको बेन्चमा बसिरहेका हुन्थे ।
सोडारी नेतृत्वको सरकारमा रन्जिता पक्षमा कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका थिए । त्यसबाहेक घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी प्रतिपक्षमा बस्दै आइरहेका थिए ।
नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। सोही अनुसार चैत्र २२ गते विश्वासको मत लिन मुख्यमन्त्री कमलबहादुर शाहले तयारी गरेका थिए । तर, उनलाई नाउपाका रेशम पक्षमा ५ सांसदले समर्थन गर्दा रन्जिता पक्षका २ सांसदले समर्थन गरेनन् । नाउपा विभाजित हुँदा राजीनामा दिएका शाह दोस्रो पटक मुख्यमन्त्री भएर विश्वासको मत लिँदा भने नाउपाका सबै सांसदहरू सँगै उभिए ।
जेठ ३ गते तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदा नाउपाका २ जनाले पक्षमा मतदान गरेका थिए भने ५ जनाले संसद् बहिस्कार गरेर निस्किएका थिए । तर यसपाली भने यहाँका ७ जना सांसद सत्ता पक्षमा मतदान समेत गरे ।
अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबिच शक्ति सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ दुवै पक्षमा दलका नेता फरक फरक थिए। रन्जिता पक्षले कैलाश चौधरीलाई र रेशम पक्षले घनश्याम चौधरीलाई दलको नेता बनाएका थिए । असार २९ मा खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरीको पनि हस्ताक्षरसहित खुसीराम चौधरी दलको नेता बनेका थिए भने त्यसको केही दिनपछि लक्ष्मण किशोर चौधरीले घनश्याम चौधरीलाई समर्थन गर्दा घनश्याम दलको नेता चयन भएका थिए ।
चार महिनापछि रेशम र रञ्जिताको विवादपनि मत्थर भएको देखिन्छ । ‘सामान्य केही बुझाइहरू फरक भएको थिए त्यस्तो ठूलो विवाद केही थिएन अहिले हामी एकै ठाउँमा छौँ ‘ नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भने ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै