कैलाली । पश्चिमका थारू समुदाय बाहुल्य गाउँमा अटवारी पर्वको चहलपहल बढेको छ । प्रायः कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइने यस पर्वमा विभिन्न परिकारहरु पकाउने गरिन्छ ।
यस पर्वमा अण्डी चामलको रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरी लगायत विभिन्न परिकार बनाउने गरिन्छ ।
“यस पर्वमा अण्डी धानको चामलबाट विभिन्न खानाका परिकारहरू तयार पार्ने गरिन्छ तर उक्त धान भने लोपोन्मुख अवस्थामा छ । व्रतालुहरू पानीसमेत नखाई निराहार व्रत बस्ने र नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने गर्दछन् ।
यसरी पूजाआराधना गरिसकेपछि घरमा तयार गरिएका अन्नका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याई सकेपछि मात्रै व्रतालुहरूले खाने गर्दछन् ।
यसरी छुट्याइएको ‘अग्रासन’ अर्थात् कोसेली आफ्ना विवाहित चेलीबेटी तथा दिदीबहीनीलाई दिने परम्परा छ । यस्तै, अट्वारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन् । गुइँठाको आगो बाली घ्यू र सल्लाको काठका टुक्राहरू हाली पूजा गर्ने गरिन्छ ।
महाभारतमा पाँच पाण्डवमध्येका माइला भाइ भीम आइतबारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर मानवजातिलाई दानवको आतङ्कबाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर पर्व मनाउने गरेको थारू अगुवाहरूको भनाई छ । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले मनाउने गर्दछन ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै