संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्बको बजेट

    सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्बको बजेट

    संघारी न्युज
    १ असोज २०८१
    1.4k
    Shares

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार विनियोजन गरिएको जानकारी दिए ।

    त्यस्तै चालु १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार वनियोजित गरिएको घोषणा गरे । त्यस्तै वित्तीय व्यवस्थातर्फ रु। १ करोड हुने गरी विनियोजन भएको छ ।

    प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु। एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु। ८ अर्व ७२ करोड रहेको छ ।

    चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु। ६ अर्व १५ करोड ८३ लाख, ससर्त अनुदानबाट प्राप्त हुने रु। ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु। १ अर्व ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु। ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री थापाले घोषणा गरेका छन् ।

    यसअघि असार १ गते चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपी सत्तागठबन्धन फेरबदलसँगै यो बजेट सभाबाट पारित हुन सकेको थिएन् ।

    सोमबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले बैठक बहिष्कार गर्दासमेत सभामुख भीमबहादुर भण्डारीले सभाको कारबाही अघि बढाएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com