कैलाली । कैलालीको कैलारी गाउँपालिकालाई हरेक दृष्टिकोणले धराशायी बनाएको आरोप लगाउँदै नेकपा माओवादी केन्द्रले सुधारको लागि १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । माओवादी केन्द्रको कैलारी गाउँपालिकाले मंगलबार गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलाई खबरदारी स्वरुप १७ बुँदै ज्ञापनपत्र बुझाएको हो ।
माओवादीको गाउँपालिका कमिटी अध्यक्ष बतासु चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘कैलालीको कैलारी गाउँपालिका अथाह सम्भावनाले भरिएको पालिका हो । विकासको दृष्टिकोणले फड्को मार्दै गएको छ । विगतका वर्षमा सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार कैलारी गाउँपालिकाले ७६.४९ अंक प्राप्त गरी मुलुककै उत्कृष्ट पाँचौँ पालिकामध्ये तेस्रो स्थान प्राप्त गरिसकेको स्मरण गराउन चाहन्छौँ । तर पछिल्लो समय पालिकाको हरेक स्तर ओरालो क्रममा रहेको तथ्यांक तथा तथ्यहरुले देखाउँछन् । दिन प्रतिदिनका घटनाक्रमले संविधान, ऐन, कानुन, नीति र कार्यविधि विपरीतका गतिविधिहरु मौलाउँदै गएको छर्लगैै छ । बेथिति र भ्रष्टाचारको दलदलमा फस्दै गएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
सुशासन तथा विधिको शासन, पारदर्शिता, विकास र समृद्धिका लागि खबरदारी स्वरूप ज्ञापनपत्र पेस गरिएको समिति अध्यक्ष बतासु चौधरीले बताए ।
त्यस्तै, गाउँपालिकाले आर्थिक वर्षको पहिलो चौमासिक बित्दा समेत वार्षिक कार्यक्रम हालसम्म सार्वजनिक नगरेको भन्दै आपत्ति जनाइएको छ । यसैबिच गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले ज्ञापनपत्र बुझ्दै पेस गरिएको सुझाव र मागलाई आफूले गम्भीरतापूर्वक लिएको र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै