दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका-५ स्थित सिराड खोलामा दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लग्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा दार्चुलाका शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेशस्थित विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर-९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका-५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा भारतको उत्तर प्रदेशस्थित विजनौरका सुहिल साह, बैतडीको डिलासैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ का सन्दीप रावल र प्रकाश रावल तथा मालिकार्जुन गाउँपालिका-८ का सुनिल जोशी घाइते भएका छन्। जोशी जीप चालक हुन्। घाइतेको गोकुलेस्वर अस्पतालमा उपचार भइरहेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै