कैलाली । हरित धनगढी अभियानलाई साथ दिँदै सुदूरपश्चिम रोयल्सका खेलाडी दीपेन्द्र सिंह ऐरी सहितको टोलीले धनगढीको एसपीए कलेजमा वृक्षारोपण गरेको छ । धनगढीलाई सुन्दर, हरियालीयुक्त र पर्यावरणमैत्री बनाउने उद्देश्यसहित धनगढी उप-महानगरपालिकाले सञ्चालन गरेको ुहरित धनगढीु अभियानको प्रवर्द्धनको निम्ति सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी लगायतको सिङ्गो टोलीले एसपीए कलेजको प्राङ्गणमा वृक्षारोपण गरेको हो ।
सोमबार एसपीए कलेजको सभा हलमा आयोजित मिट एण्ड ग्रिट् कार्यक्रम पश्चात् गरिएको वृक्षारोपण कार्यक्रममा सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहित आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ लगायतका खेलाडीहरू सहभागी थिए । उनीहरू सँगै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज गौतम र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हरित धनगढी अभियानमा समर्थन जनाउँदै वृक्षारोपण गरेका खेलाडीहरूले हरित धनगढी अभियानले सहरलाई हरियालीमय बनाउन मात्र नभई पर्यावरणीय जनचेतना फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । भने यस प्रकारको सहकार्यले पर्यावरण संरक्षणमा सबैको चासो र सहभागिता बढ्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
शिक्षा क्षेत्र सँगै ग्रिन कलेज अवार्ड समेत पाइसकेको एसपीए कलेजले धनगढीका विभिन्न स्थानमा वृक्षारोपण र समय-समयमा सरसफाइ अभियान सञ्चालन गर्दै वातावरण संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
यो वृक्षारोपणले क्रिकेट र समाज सेवाको भावलाई थप मजबुत बनाउँदै वृक्षारोपणका बारेमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै