कैलाली । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माणकोलागि सम्झौता भएको ७ वर्ष भएपनि निर्माण हुन सकेको छैन ।
धनगढी उपमहानगरपालिका–१७ र वडा नम्बर १६ रामपुर जोड्ने पक्की पुल निर्माणका लागि सम्झौता भएको सात वर्ष भएपनि निर्माण कार्यले गति लिन नसकेको हो।
उक्त पुल २०७४ असारमा १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबिच निर्माणका लागि सम्झौता भएको थियो। निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीले पुल निर्माणमा ढिलाइ भएको स्थानीयको गुनासो छ ।
निर्माण कम्पनीले ७ वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्रै गरेको छ । वडा अध्यक्ष रानाका अनुसार खुटिया र शिवगगंगा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो। तर खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो भने शिवगङ्गामा जग मात्रै खनिएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् तीन करोड १३ लाख ७२ हजार भुक्तानी लिएको छ। ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो। सडक डिभिजन कार्यालयले पटक–पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै