कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्रमा भारतीय नागरिकले कब्जा गरेको पाइएके छ । सो जमिनमा भारतीय नागरिकहरु खेतीपाती गर्दै आईरहेका छन् । भारत, उत्तर प्रदेशको पिलिभित जिल्लामा पर्ने गोरख डिबीसँगै जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रमा उनीहरूले लामो समयदेखि खेतीपाती गरिरहेको बताइएके छ ।
निकुञ्जको सिकारी तालभन्दा केही परको क्षेत्रमा भारतीय नागरिकले नियमित रूपमा खनजोत गर्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो पटक निकुञ्जले गरेको अध्ययनमा पनि वनक्षेत्र अतिक्रमण भएको पुष्टि भएको थियो । तर एउटा स्थानमा मात्रै अध्ययन गरिएको छ ।
‘हामीले अध्ययन गरेको क्षेत्रमा २५ हेक्टरभन्दा बढी जमिन अतिक्रमण भएको छ,’ निकुञ्जका रेञ्जर सिदीप अधिकारीले भने, ‘अन्य क्षेत्रमा पनि अतिक्रमण भएको छ, त्यसको अनुसन्धान हुन सकेको छैन ।’ रेञ्जर अधिकारीकै नेतृत्वमा निकुञ्जले अतिक्रमण भएको क्षेत्रको अध्ययन गरेको हो ।
निकुञ्ज क्षेत्रमा खनजोत गर्ने भारतीय नागरिक रञ्जन विश्वास र चिता रञ्जन सरकारलाई नियन्त्रणमा लिएर निकुञ्जले मुद्दासमेत चलाएको छ । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको अधिकारीले जानकारी दिए ।
‘निकुञ्जमै ट्र्याक्टरले जोतेर गहुँ छरिरहेको देखेपछि नियन्त्रणमा लिएर मुद्दा चलाइएको हो,’ उनले भने, ‘सीमास्तम्भ हराएका कारण पनि त्यस क्षेत्रमा जमिन अतिक्रमण भएको हो ।’ उनका अनुसार साविकको २७ र २८ नं. सीमास्तम्भको बीचमा निकुञ्ज र आसपासको नेपाली भूभाग भारतीयले अतिक्रमण गरेका छन् ।
अतिक्रमण गरिएको क्षेत्र बेलडाडी गाउँपालिकाबाट नजिक पर्छ । तर उक्त क्षेत्रमा गस्तीमा समेत जान सकिने अवस्था नभएका कारण नियमित रखेदेख हुन सकेको छैन । ‘नौ सय बिघा जमिन अतिक्रमण भएको छ । त्यहाँ भारतीय नागरिकले गहुँ खेती गरेका छन्,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले भने, ‘बर्खामा डुबान हुने भएकाले उनीहरू आउन सक्दैनन्, हिउँदमा गहुँ छर्छन् ।’
उनले भारतीय संरक्षणकर्मीसँग बैठक भएको बेला अतिक्रमण हटाइदिन आग्रह गरिएको बताए । जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराइएको उनको भनाइ छ । ‘निकुञ्जको वनक्षेत्र लामो समयदेखि अतिक्रमण गरिएको छ । अहिले यो समस्या समाधान गर्नेगरी सबैसँग छलफल र समन्वय भइरहेका छौं,’ उनले भने ।
सुरक्षा निकाय प्रमुखसँगै निकुञ्जका कर्मचारीले केही दिनअघि अतिक्रमित क्षेत्र अवलोकन गरेका थिए । ७८८ ९साविकको २८० नम्बर सीमास्तम्भ अस्पष्ट भएका कारण भारतीयले निकुञ्जको वनक्षेत्र अतिक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । ‘पिलर स्पष्ट भएपछि आफैं जमिन छाड्छौं भनेका छन्,’ उनले भने, ‘भारतीय पक्षसँग पनि यसबारे कुरा भएको छ ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै