पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम र कर्णाली लगायत देशको विभिन्न ठाउँमा वर्षा र हिमपात हुने मौसमविदले जनाएको । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ ।
आज यस्तो छ सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था
सुदूरपश्चिम
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सुदूरपश्चिममा आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
कर्णाली
कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ ।
आज राति कर्णालीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।
लुम्बिनी
आज दिउँसो लुम्बिनीको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
गण्डकी
आज दिउँसो गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
बागमती
आज दिउँसो र राति बागमती प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा भने आंंशिक बदली रहने सम्भावना छ ।
मधेश
मधेश प्रदेशमा आज दिउँसो र राति आंंशिक बादल मात्रै लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी
आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
आज राति पनि हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । पहाडी क्षेत्रमा र तराई क्षेत्रमा दिउँसोको जस्तो आंंशिक बादल लाग्ने सम्भावना छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै