कैलाली । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएका छिन् । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बन्वारी राना (सौरभ), महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई फोनिज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद् तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै