संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बेलौरीका १५ परिवारले पाए सुरक्षित घर

    बेलौरीका १५ परिवारले पाए सुरक्षित घर

    संघारी न्युज
    १८ फाल्गुन २०८१
    1.4k
    Shares

    कञ्चनपुर । बेलौरी नगरपालिकाका १५ परिवारले सुरक्षित घर पाएका छन् । सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारले सुरक्षित घर पाएको जनाइएको छ ।

    नगरपालिका र गैरसरकारी संस्थाको संयुक्त लागत साझेदारीमा आवास निर्माण गरिएको हो । घर निर्माणका लागि नगरपालिकाले प्रतिघर तीन लाख र निड्सले दुई लाख अनुदानको साझेदारी गरिएको थियो । दुई कोठा बरण्डासहितका घर निर्माण गरेर नगर प्रमुख पोतिलाल चौधरीले हस्तान्तरण गरेका छन् ।

    उनका अनुसार आवास (घर) उपलव्ध गराइएकामा विपद् प्रभावित, आदिवासी जनजाती र दलित समुदायका व्यक्ति छन् । आगामी आर्थिक वर्ष वडा नम्बर ५, ६, ७ र ८ का बाढीजन्य विपद प्रभावित अति विपन्न परिवारका लागि आवास निर्माणको योजना बनाइ कार्यान्वयन गरिने नगर प्रमुख चौधरी बताए ।

    ‘आवासको व्यवस्था नहुँदा असुरक्षित तरिकाले बस्दै आएका परिवारले सुरक्षित आवास पाएका छन’ उनले भने, ‘नगर क्षेत्रमा बसोवास गर्ने सबै परिवार सुरक्षित आवासमा बसुन भन्ने चाहना अनुरूप योजनावद्ध रूपमा कार्य गरिरहेका छौँ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com