डडेलधुरा । सडक निर्माणका योजनामा बजेट अभावको कारण प्रभावित भएको छ । बजेट अभावका कारण डडेलधुराका झन्डै आधा दर्जन सडकको निर्माण कार्य प्रभावित बनेको हो । बहुवर्षे सडक अन्तर्गत यहाँका पाँच वटा मुख्य सडकमा रकम अभावका कारण निर्माण कार्य ठप्प भएका हुन् ।
बजेट नहुँदा जिल्लाको पोखरा–बेलापुर, घटाल–चिर्किटे–सलौन–जोबुढा, गाईबाँधे–लिप्ना, आइत–भलिया–कीर्तिपुर र बुडर–जोरायल सडक निर्माण बिचमै रोकिने भएको छ । बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेका यी सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि बिचैमा काम रोकिने सम्भावना बढेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका गौरवका सडक आयोजना निर्माणको महत्वका पाँच वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्न पूर्वाधार विकास कार्यालय डडेलधुराबाट ठेक्का लगाइएको थियो । चालु आर्थिक वर्षमा प्रदेश गौरवका सडक आयोजना अन्तर्गत पोखरा–बेलापुर १८ किलोमिटरमा १० करोड, घटाल–चिर्किटे–सलौन–जोबुढा ४५ किलोमिटरमा १० करोड, गाईबाँधे–लिप्ना १२ किलोमिटरमा छ करोड आइत–भलिया–कीर्तिपुर सात किलोमिटरमा चार करोड र बुडर–जोरायल १७ किलोमिटर सडक कालोपत्रे एवं विस्तारका लागि पाँच करोड रुपियाँ आवश्यक परेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले जानकारी दिए।
आवश्यक बजेट नहुँदा कामको भुक्तानी दिनसमेत समस्या भएको उनले बताए । तीन वर्षको ठेक्का सम्झौता भएको छ । उनले भने, “पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन, कसरी काम अघि बढाउने ।”
पूर्वाधार विकास कार्यालयले आवश्यक बजेट थप गरिदिन माग गरे पनि अर्थको ढिलाइका कारण रकम नआएको कार्यालय प्रमुख रावलले जानकारी दिए ।
काम गरे अनुसारको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीलाई योजनाको थप काम अघि बढाउन कार्यालयले भन्न सक्ने अवस्था छैन । पोखरा–बेलापुर सडक अन्तर्गत ठेकेदार भीमसिंह ढाँटले अहिलेसम्म पाँच करोडभन्दा बढीको काम गरिसकेको भए पनि भुक्तानी नपाएको गुनासो गरे ।
तपाईको प्रतिक्रिया
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै