काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत-पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो। सिंहदवारमा बुधबार गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो।
गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए। सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ, उनले भने।
भारतले पाकिस्तानमाथि आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा परी कम्तीमा ४६ जना घाइते भएको विभिन्न एजेन्सीहरूले उल्लेख गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। नेपालको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न उनले सुरक्षा परिषद्को बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै