कैलाली । बुधवार देखी परेको अविरल वर्षका कारण धान खेती नष्ट भएकोछ । पाकेर पहेंलपुर भएको धान वर्षाका कारण काट्न नपाएपछि बढी पाकेर बाला झर्न थालेका छन् भने कतिपय किसानले काटिसकेका धान भित्र्याउन नपाउँदा खेतमै उम्रिन थालेको हो । यो समयमा कृषकहरू धान बाली भित्र्याउने चटारोमा हुन्थ्यो । अधिकांशले धान बाली भित्र्याई पनि सक्थे । तर यसपाला वर्षाका कारण भित्र्याउन सकिएको छैन ।
दसैँको केही दिन अघि काटिएको धान अहिले पानीका कारण खेतमै उम्रिन थालेको कञ्चनपुरका किसान नवराज अवस्थीले बताए । यस्तै कञ्चनपुरकै भिमदत्त ११ भुजेलाका जनक धामीको गत वर्ष कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले एक बिघाको काटेको धान कुहिएको थियो । ‘गत वर्ष एक बिघा काटेको धान वर्षका कारण कुहिएको थियो । भने यस वर्ष पनि धान नकाटेरै बाला झर्न थालेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा धान बालीमा बढी क्षति भएको छ । पाकेको धान खेतमै ढलेर कुहिने र उम्रिने अवस्था आएको छ भने खेतहरू डुबानमा परेकाले पाकेको धान खेतमै उम्रिन थालेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए ।
‘धान खेतमै कुहिने अवस्था आइसकेको छ, धेरैजसो खेत डुबानमा परेको छ,’विष्टले भने ‘अझ पनि वर्षा नरोकिए सबै धान उम्रिनेछ जस कारण उत्पादनमा ठूलो ह्रास आउन सक्छ ।’ कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती हुने गरेको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन छ । गत वर्ष झैँ यस पटक पनि उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै