संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    देउठन्वाजस्ता मौलिक संरचना जोगाउन आवश्यक छ : सांसद गीता

    देउठन्वाजस्ता मौलिक संरचना जोगाउन आवश्यक छ : सांसद गीता

    संघारी न्युज
    ७ जेष्ठ २०८२
    1.5k
    Shares

    कैलाली । थारू समुदायको देउठन्वा परम्परादेखि कुलदेवता राख्न र विभिन्न पूजाआजा गर्न प्रयोग हुने भएकोले यसको संरक्षण गर्न आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरी बताउँछिन् ।

    सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोगमा संघारी मल्टिपल सर्भिस एन्ड रिसर्च प्रालिले मङ्गलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    थारू समुदायको देउठन्वासहित अन्य मौलिक कला, संस्कृतिको जगेर्नाका लागि पर्याप्त बजेट छुट्याउन पहल समेत गर्दै आएको उनको भनाई थियो । देउठन्वा पछिल्लो समय नबनाउने क्रम बढेको छ यसको संरक्षण गर्न अति नै आवश्यक छ । केही समय यता भौतिक संरचना मासिने क्रम पनि बढेको उनले बताईन ।

    देउठन्वामा थारू समुदायका विभिन्न कुल देवता राखिन्छ । यसमा संस्कार र समय अनुसार विभिन्न पूजा हुने गर्दछ । समुदायमा संस्कार अनुसारको पूजा हुँदै आए पनि देउठन्वाको भौतिक संरचना दिनप्रतिदिन मासिनेक्रममा रहेको थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य पुरन चौधरीले बताए । उनले देउठन्वाको संरक्षण गर्ने दायित्व सरकारको रहेको बताए ।

    देउठन्वा थारू समुदायको संस्कृति र पहिचानसँग जोडिएको छ । पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा विभिन्न ठाउँमा देउठन्वा निर्माणको काम भइरहेपनि पहिचान मेटाउनेगरि निर्माणको काम भईरहेको सहभागीहरुको गुनासो थियो । विभिन्न तहका सरकारबाट निर्माण भइरहेका देउठन्वा थारू समुदायको मौलिक परम्परानुसार नबनाइएको थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सानु चौधरीले बताईन् ।

    उनले परम्परागत शैलीमै मरुवाको संरचना बनाउन आग्रह पनि गरिन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश महासचिव शिवराज भट्टले परम्परागत धार्मिक मूल्य, मान्यता हराइ रहेका कारण देउठन्वाजस्ता मौलिक संरचना जोगाउन आवश्यक रहेको बताए । संघारीका अध्यक्ष उन्नती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रिसर्चर शेखर दहित र थारु नागरिक समाजका दिलबहादुर चौधरीले देउठन्वाको महत्व, विशेषता र ईतिहासको बारे कार्यपत्र प्रस्तुत गरेका थिए । भने सो प्रस्तुतिमाथि रिसर्चर इन्दु थारुले टिप्पणी गरेकी थिईन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com