संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पावरटिलर दिने भन्दै किसानलाई ठग्दै आएकी सुशिलासहित दुई जना पक्राउ

    पावरटिलर दिने भन्दै किसानलाई ठग्दै आएकी सुशिलासहित दुई जना पक्राउ

    संघारी न्युज
    १९ जेष्ठ २०८२
    1.8k
    Shares

    कैलाली । एक वर्षदेखि कैलालीर कञ्चनपुर जिल्लास्थित किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन् ।

    खड्कासँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिबार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको बताए ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

    सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दैआएका छिन् । उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म पावरटिलर नदिएको हो । अक्षरल्याबबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com