संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    माछा बेचेर जीविका चलाउँदै

    माछा बेचेर जीविका चलाउँदै

    संघारी न्युज
    २२ जेष्ठ २०८२
    1.1k
    Shares

    कैलाली । भीमदत्त नगरपालिका १८ कटानकी इन्दु राई महाकाली नदीमा दैनिक ५ देखि १० किलोसम्म माछा मार्छिन् र स्थानीय बजारमा बेच्छिन्। उनी माछा मारेर आफ्नो परिवार चलाएकी छिन् । राई माछा मार्न जाँदा खाना बोकेर जान्छिन् । माछा मार्ने उनको विशेष तरिका हो पीठो राखेर माछालाई आकर्षित गर्ने ।

    उनी माछा बेचेर मासिक ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गरिरहेका छिन् ।

    उनी डेढ दशकदेखि यहि पेशामा रमाईरहेकी छिन् । माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । “ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ ।”

    सानो माछा प्रतिकिलो रु २५० र ठुलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्नै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अलिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छु । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुन्छ ।

    माछाबाट आएको पैसाले अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गर्छिन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com