कैलाली । अन्तरलिंगी व्यक्तिपनि आफ्नो पहिचान अनुसार बाँच्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
एकता नेपालको आयोजनामा भएको यौनिक तथा अल्पसंख्यक समुदायका महिला समयौनिक द्धययौनिक महिला र पारालैंगिक व्यक्तिकासाथै अन्तरलिंगी व्यक्तिहरुको मुद्धामा चेतनामूलक तथा अन्तरक्रियामा यस्तो धारणा आएको हो ।

कार्यक्रममा अन्तरलिंगी व्यक्तिहरुको मानवअधिकारको हक सामाज, परिवार र आफन्त खोसिरहेको आरोप समेत लगाए । समाजमा बच्चा जन्मिएको महिना दिन नवित्दै अनुमतिबिनै लिंग परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य नहुदासम्म त्यस्ता व्यक्तिले मानव अधिकार प्राप्त गरेको अनुभुति पाउँन सक्दैनन् ।
क्याम्पेन फर चेन्जले गरेको अध्ययन अनुसार एक वा एकभन्दा बढि यौन विशेषताहरु, शारीरिक विविधता यौन तथा प्रजनन् अंग, क्रोमोजोम वा हार्मोन सहित जन्मिएका, महिला पुरुषको परम्परागत र सामाजिक परिभाषामा नमिल्ने अन्तरलिंगी व्यक्तिलाई उनीहरुको सहमति नलिई सल्यक्रिया गरेर दुःख दिइरहेको रिर्पोट सार्वजनिक गरेको छ ।
क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इशान रेग्मीले अन्तरलिंगी व्यक्ति भनेको विविधतायुक्त यौन विशेषता लिएर जन्मिएका हुन्छन् तर समाजमा छोराको अपेक्षा बढि हुने भएकोले दुवै लिंग भएकालाई पनि पुरुष जननेन्द्रिय बनाइदिने तर वयस्क अवस्थामा पुग्दा आफु कुन पहिचानमा बाँच्ने भन्ने अन्योलमा बाँच्नु परेको बताए ।
उनले आफु अन्तरलिंगी हुँदा भोगेको समस्या अन्य व्यक्तिले पनि भोगिरहेको अनुभूति हुने बताउँछन् । त्यस्ता व्यक्ति समाजमा विभेद, लाल्छना, हिंसा हुने र परिवारले समेत नस्विकार्ने स्थिति भोग्दै आएको थुप्रै उदाहरण रहेको बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै